Logo
Logo

दैलेखमा २३ यात्रु सवार गाडी दुर्घटना, एक जनाको मृत्यु


504
Shares

काठमाडौं । गएराति सुर्खेतबाट दैलेख जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २३ यात्रु सवार कर्णाली प्रदेश ०२– ००१ ख ०–९०६ नम्बरको गाडी दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा च्यापिएर घाइते भएको चामुण्डाबिन्द्रासैनी–१ सिंहासैनका २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनील दाहलले जानकारी दिए ।

प्रहरीका अनुसार अन्य यात्रु भने सकुशल छन् । उकालोमा जाँदा टायर चिप्लिएर गाडी दुर्घटना भएको डीएसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्