Logo
Logo

वालेटमार्फत एकैदिन ३० वटासम्म कारोबार गर्न सकिने


315
Shares

काठमाडौं । वालेटमार्फत दिनमा ३० वटासम्म कारोबार गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको हो ।

यसअघि सामान्य अवस्थामा एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो । अब भने दसैँको दश दिन र तिहारका लागि सात प्रतिदिन ३० वटासम्म काराबोर गर्न मिल्ने भएको हो ।

विभागका कामु कार्यकारी निर्देशक विनोदराज आचार्यले यो सेवा दशैंका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म लागु हुने जानकारी दिए ।

अहिले बजारमा २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीका वालेट सेवा सञ्चालनका छन् । इसेवा, खल्ती, आईएमई–पे लगायत वालेटहरू बढी प्रयोगमा छन् ।

प्रतिक्रिया दिनुहोस्