Logo
Logo

ट्रेकिङ गएकी पोल्याण्डकी एक युवतीको सूर्यकुण्ड क्षेत्रमा मृत्यु


756
Shares

रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोटको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोल्याण्डको राहदानी नं ‘एफई ३०५१८११’ वर्ष २३ की सोविन्का अग्निएस्ज्का रहेकी छन् ।

रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार उनको सूर्यकुण्ड आसपास क्षेत्रमा गएराति मृत्यु भएको हो । उनको शव आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ ल्याइएको छ ।

रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौँ ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए ।

थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्