Logo
Logo

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा


945
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्