Logo
Logo

नेपाल प्रहरीका तीन एसएसपीको सरूवा


1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आज तीन एसएसपीको सरुवा गरिएको हो ।

जसअनुसार भारतको दिल्लीस्थित नेपाली दूतावासमा एसएसपी सन्जीव शर्मा दासलाई पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

यसअघि दिल्ली दूतावासमा रहेका उमाप्रसाद चतुर्वेदीको भने काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा सरुवा गरिएको छ । त्यसैगरी प्रहरी हेडक्वाटरको कार्य विभागमा रहेका एसएसपी दीपक बस्नेतको प्रदेश प्रहरी कार्यालय नेपालगञ्जमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्