Logo
Logo

ईयूले ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने


378
Shares

ब्रसेल्स । युरोपेली संघ (ईयू)ले मंगलबार सङ्घबाट आयात हुने ‘ब्रान्डी’मा ‘एन्टि–डम्पिङ’ उपाय लगाउने चीनको कदमविरूद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा चुनौती दिने बताएको छ ।

युरोपेली आयोगले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा भारी अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्स विरूद्ध “जस्तालाई त्यस्तै” व्यवहारको उपाय जस्तो देखिएको छ ।

‘ईयूबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको अस्थायी एन्टिडम्पिङ उपाय विरुद्ध युरोपेली आयोगले विश्व व्यापार सङ्गठनमा उजुरी दिनेछ’, आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले एक विज्ञप्तिमा भनेका छन् ।

‘यी उपायहरू निराधार रहेको हामी विश्वस्त छौँ र हामी व्यापार रक्षा उपकरणको दुरुपयोग विरुद्ध ईयूको रक्षा गर्न कटिबद्ध छौं’, गिलले बताए ।

प्रतिक्रिया दिनुहोस्