Logo
Logo

श्रीमतीकाे हत्यापछि टाउको बोकेर हिँडिरहेको अवस्थामा एक युवक पक्राउ


1.3k
Shares

उदयपुर । उदयपुरमा श्रीमतीको हत्यापछि टाउको बोकेर बजारमा हिँडिरहेको अवस्थामा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेको थाहा भएको छ । हत्यापछि उनले श्रीमतीको टाउको लिएर हिँडिरहेका बेला उनलाई पक्राउ गरिएको उदयपुर जिल्ला प्रहरीका एसपी हरिहर योगीले बताए ।

प्रहरीका अन्ुसार यही असोज १३ गते भारतबाट घर आएका घिसिङले विवादपछि श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रमीला त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्थिन् । उनीहरूका दुईजना बच्चा छन् ।

चिया बेचेर कोरियन भाषा पनि सिक्दै गरेकी उनका दुई छोरा ४ र १ कक्षामा पढ्छन् । दम्पतीको बिचमा करिब दुई वर्षदेखि राम्रो सम्बन्ध थिएन ।

घिसिङले हत्यापछि खुकुरीले श्रीमतीको टाउको काटेर बोकेर हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले करिब १ किलोमिटर परबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्