Logo
Logo

‘एआई’ युक्त आइफोन-१६ सिरिज नेपाली बजारमा, के छ खास आइफोन-१६ मा ?


315
Shares

काठमाडौं । आजदेखि ‘एआई’ युक्त आइफोन १६ नेपाली बजारमा खरिद गर्न पाउने भएका छन् । एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हो ।

९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो । नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका निर्देशक निकिता भिमसरियाका अनुसार आइफोन १६का सिरिजहरू इएमआई गरेर उपभोक्ताले नबिल बैंक र ग्लोबल आईएमई बैंकबाट किस्ताबन्दीमा लिन सकिने छ ।

आइफोन १६ मा खास के छ ?

आइफोन १६ का विभिन्न विशेषता छन् । तीमध्ये एक हो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ।

एप्पल कम्पनी प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टिलिजेन्स र यसको उत्कृष्ट क्षमतासाथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताएका थिए। गत जुनमा सार्वजनिक गरिएको एप्पल इन्टिलिजेन्सभन्दा शक्तिशाली र नयाँ पर्सनलन इन्टिलिजेन्स सिस्टम धेरै तरिकाले अलग छ ।

एप्पलका अनुसार अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ । यसबाट उत्पादन बढ्ने र सिरी पहिलेभन्दा अझै प्रभावकारी सावित हुने दाबी गरिएको छ । यद्यपि, एप्पल इन्टिलिजेन्स फिचर केही महिनापछि मात्र सुरु हुनेछ । पहिले यसलाई केही देशमा मात्र बिटा भर्सनमा मात्र सुरु गरिने छ ।

आइफोन १६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ । यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन् ।

यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुनेछ ।यसबाट फोटो खिच्न र भिडियो बनाउन अझै सहज हुने कम्पनीको दाबी छ । केही महिनापछि एप्पल इन्टिलिजेन्स सुरु हुनासाथ क्यामरा कन्ट्रोल मार्फत् भिजुअल इन्टिलिजेन्स पनि प्रयोगकर्ताले पाउने छन् ।

एक्सन बटन
आइफोन १६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङसनमा सजिलैसँग जान सक्छन् । उदाहरणका लागि फ्ल्यास लाइट, क्यामरा वा कन्ट्रोल यसैबाट खोल्न सकिन्छ । रिङ वा साइलेन्ट मोडमा पनि जान सकिन्छ । यसका अलावा अन्य नयाँ अप्सन पनि यसमा मिल्ने छ ।

ए १८ चिप
आइफोन १६ सिरिजमा एप्पल इन्टिलिजेन्सका लागि विशेषगरी ए १८ चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने कम्पनीको दाबी छ । यो विगतका आइफोन सिरिजभन्दा दुई जेनेरेसन अगाडिको चिप हो । आइफोन १५ मा ए१६ बायोनिक चिप प्रयोग गरिएको थियो ।

क्यामरा
आइफोन १६ मा ४८ मेगापिक्सेलको डुअल क्यामरा सिस्टम छ । साथै, टेलिफोटो लेन्स २ गुणा जुम क्षमताको छ । आइफोन १६ प्रोमा भने यो ५ गुणा जुम क्षमताको छ ।

ब्याट्री
आइफोन १६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन १६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।

कलर, डिस्प्ले र क्यापासिटी
आइफोन–१६ र आइफोन १६ प्लस कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो गरी पाँच रङमा उपलब्ध छ । आइफोन १६ प्रो र प्रोम्याक्स भने कालो, सेतो, क्रिम र हल्का सुनौलो गरी चार रङमा उपलब्ध छन् ।

आइफोन १६ को साइज ६.१ इन्चको छ । आइफोन १६ प्लस ६.७ इन्च र आइफोन १६ प्लसको साइज ६.७ इन्चको छ ।

यसैगरी आइफोन १६ प्रोको साइज ६.३ इन्च र आइफोन १६ प्रो म्याक्सको साइज ६.९ इन्च छ ।

आइफोन १६ र आइफोन १६ प्लस १२८ जीबी, २५६ जीबी र ५१२ जीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् ।

आइफोन १६ प्रोका १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी चार भेरिएन्टमा उपलब्ध छन् ।

आइफोन प्रोम्याक्स भने २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्