Logo
Logo

दशैँ बिदामा पनि निरन्तर पेट्रोलियम पदार्थ वितरण हुने


252
Shares

काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा पनि निरन्तर पेट्रोलियम पदार्थ वितरण हुने व्यवस्था मिलाएको छ ।

निगमका अनुसार काठमाडौंमा थानकोटदेखि देशभरिका डिपो र कार्यालयबाट स्थानीय आवश्यकताका आधारमा पेट्रोलियम पदार्थ बिक्री वितरण निरन्तर हुने व्यवस्था मिलाइएको छ । विराटनगर डिपो २४ र २८ असोजमा खुला रहने छ ।

अमलेखगञ्ज डिपो २४, २५ र २८ असोजमा खुला रहने भएको छ । थानकोट डिपो २४, २५ र २८ असोजमा खुला हुनेछ । सुर्खेत, भैरहवा र पोखरा डिपो २४ र २८ मा खुल्ने छन् ।

त्यसैगरी धनगढी डिपो २४, २७ र २८ असोजमा खुल्ने भएका छन् । धनुषा डिपो २४ र २७, नेपालगञ्ज आवश्यकता अनुसार, दाङ २७ असोज, वीरगञ्ज २४ र २८, चारआली २४ र २८ तथा दिपायल शाखा आवश्यकता अनुसार खुला हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्