Logo
Logo

यी ४९ उद्योगलाई ८ कात्तिकभित्र बक्यौता बुझाउन विद्युत् प्राधिकरणको आग्रह


378
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेकाहरुलाई आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै यस्तो अल्टिमेटम दिएको हो ।

तोकिएको अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुलउपर गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो ।

यसअघि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेपनि उद्योगीले बिजुली प्रयोग गरेबापतको बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् ।

तर, आज पुनः प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्