Logo
Logo

फ्लोरिडा पुग्यो विनासकारी आँधी, १० लाखलाई सुरक्षित स्थानमा सारियो


एजेन्सी

945
Shares

न्युर्योक । अमेरिकामा मिल्टन आँधीका कारण विनाशको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र रूपमा भइरहेको छ । यो आँधी फ्लोरिडाको सारासोटातिर सरेको छ ।

विनासकारी यो आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ । करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिसहरूलाई बाहिर निकाल्ने समय अब सकिएको छ । लाखौँ मानिस पहिले नै आफ्नो घर छोडेर गइसकेका छन ्। मिल्टन अहिले सारासोटा पुगेको छ ।

यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए । उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरुद्ध डोनाल्ड ट्रम्पको कथित दुष्प्रचारको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्