Logo
Logo

राजेशपायललाई आफ्नै गीतले कपीइराट हानेपछि…


756
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेशपायल राईले आफ्ना गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन् । ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायले सामाजिक सञ्जालमार्फत आफ्नै गीतमा आफैंलाई कपीराइट लागेको भन्दै यस्तो आग्रह गरेका हुन् ।

‘यो एक सूचना हो मेरो राइट्समा रहेको अधिकांश गितहरु हालै मैले खोलेको अडियो प्लेटफर्ममार्फत संग्रहित गर्न खोज्दा उल्टै मलाई कपिराइट लागेको हुनाले, यो सुचित गरिन्छ कि तपाइँले राख्नु भएको मेरो गीतहरु तुरुन्त डिलिट गर्नुहोला अन्यथा म कानुनको उपचारमा लाग्नेछु’, उनले भनेका छन् ।

हाल सांगीतिक कार्यक्रमको दौरानमा अमेरिकामा रहेका राजेशपायलले अन्य प्लेटफर्ममा रहेका गीतहरू नहटाए कानूनी उपचारमा जाने चेतावनी दिएका छन् । राजेशपायलका अधिकांश गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्