Logo
Logo

पुण्य गौतममाथि आक्रमण गर्ने दुई जना पक्राउ 


1.1k
Shares

काठमाडौं । पुण्य गौतममाथि आक्रमण  गर्ने दुई जनालाई पक्राउ परेका छन् । 

प्रहरीले काभ्रेपलान्चोक घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय टासी लामा भनिने सञ्जीव तामाङ  र रसुवा नवकुण्ड पाउँपालिका– ५  घर भई हाल काठमाडौं गोकर्णेश्वरबस्ने ४१ वर्षीय दिल बहादुर गङदानलाई पक्राउ गरेको हो । 

तामाङ र गङदनको साथबाट एक थान रड र तीन थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यान माने उद्योगमा अनुसन्धान भइरहेको जिल्ला परिसर काठमाडौंका सूचना अधिकृत प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाकारी दिए । 

गत सोमबार राति सवा ९ बजे उनलाई जोरपाटीमा आफ्नै घरनजिक रड प्रहार गरेका थिए । घरअगाडि बाटोमा हिँडिरहेका बेला एक समूहले उनीमाथि आक्रमण गरेको थियो ।

कुटपिटबाट गौतम  घाइते भएका छन् । अहिले उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा गौतमको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्