Logo
Logo

आज तलेजु भवानीको मन्दिर खोलिँदै


126
Shares

काठमाडौं । आज तलेजु भवानीको मन्दिर खोलिँदै छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिनमात्र खोलिन्छ ।

मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइन्छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्