Logo
Logo

राजेशपायलको भिडियो ‘भेटिदैन कतै’मा दिनेश र एलिना


252
Shares

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईको स्वर रहेको नयाँ गीत ‘भेटिदैन कतै’को भिडियो सार्वजनिक भएको छ । याे भिडियो सारथी इन्टरटेन्टमेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

शब्द लिलु गुरुङ र संगीत बिबी अनुरागीको रहेको यस गीतको भिडियोलाई थाईल्याण्ड, कोम्बोडिया लगायतका रमणीय स्थानमा छायांकन गरिएको छ ।

भिडियोमा नेपाली चलचित्रका नायक तथा म्युजिक भिडियोका चर्चित मोडल दिनेश केसी र एलिना गुरुङलाई प्रेमिल जोडीको रुपमा प्रस्तुत गरिएको छ । यस भिडियोलाई रबिन्द्र बरालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्