Logo
Logo

‘खुल्ला आँखा र सपना’ सार्वजनिक (भिडियोसहित)


252
Shares

काठमाडौं । हिन्दू नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा  ‘खुल्ला आँखा र सपना’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार किरण पुन्ज युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । 

भुगोल आर धमलाको शब्द सङ्गीत रहेको उक्त गीतमा किरण पुन्जको स्वर रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा गायक पुन्जसँगै सविना राउत, नम्रता खरेल, रवि श्रेष्ठ, रिया नापित, अर्जुन कार्की र इशिका सहकर्मीको फिचरिङ रहेको छ ।

मुख्य भूमिकामा रहेकी राउतलाई ‘लेडी बाइक राइडर’को रुपमा प्रस्तुत गरिएको  छ । जसले महिलाले चलाउने स्कुटर हो भन्ने सामाजिक गलत मानसिकता चिर्ने प्रयास गरेको छ । बाइक चढ्नु सामर्थ्यको कुरा मात्र होइन, महिलाले यो÷त्यो गर्नुहुँदैन  र गर्न सक्दैनन् भन्नेहरूलाई जवाफ पनि हो । 

भिडियो 

प्रतिक्रिया दिनुहोस्