Logo
Logo

चाडपर्वमा के खाने, कति खाने, कसरी खाने ?


189
Shares

काठमाडौं । नेपालका प्रमुख चाडहरू मध्ये विजयादशमी हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो । दशैंमा देवी देवताका मन्दिर जाने, शक्तिपीठहरुमा दर्शन गर्ने, पूजा आराधना गर्ने गरिन्छ ।

दशैँमा ठुलाबडाको हातबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने परम्परागत चलन छ । यस्तो अवस्थामा स्वास्थ्य मापदण्ड पालना सहज हुँदैन । त्यसैले अधिक सतर्कता अपनाउनुको विकल्प हुँदैन ।

दशैँमा केटाकेटीहरू पिङ खेल्ने, साथी सङ्गीसँग रमाइलो गर्ने परम्परा छ । घर परिवारका सदस्यहरू एक ठाउँमा भेला भएर रमाइलो गर्ने, मिठो खाने, राम्रो लगाउने चलन छ ।

दशैँमा अन्य समयको तुलनामा धेरै नै मासुजन्य परिकारहरू बनाएर खाने गरिन्छ । अधिक मात्रामा मासुजन्य खानेकुराले शरीरलाई हानी पु¥याउँछ भन्नेमा हामी सचेत छैनौँ । अधिक मात्रामा चिल्लो, गुलियो, नुन, खुर्सानी र मसला प्रयोग भएका खानेकुराले धेरैको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने गर्दछ ।

कस्तो खानेकुरा हानिकारक हुन्छन् ?
स्वास्थ्यको दृष्टिकोणले बढी चिल्लो, बोसोयुक्त, गुलियो र नुन भएका खाना तथा बट्टामा प्याक गरिए अचार, फ्रिजमा राखिएका ‘जङ फुड्हरु’ स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन्छन् ।

दूध, घ्यू, दूधबाट बनेका परिकारहरू, बोसो, नरिवलको तेल, तारिएको खाना, बर्गर, खसी, बोकाका आलो मासुहरू, कुखुराको छाला, अण्डाको पहेँलो भाग र बोसोयुक्त बंगुरको मासु, स्वास्थ्यलाई हानी गर्ने खाद्यान्न हुन् ।

यस्ता खाना तथा पेय पदार्थमा हुने चिल्लो पदार्थको मात्राले रगतको कोलस्टोर बढाएर मुटु र रक्तनली खराब भई रक्त नलीमा बोसो जम्ने हुन्छ । पसलमा पाइने फ्रोजन फुड र फास्ट फुडहरूले पनि शरीरलाई हानी पु¥याउँछ ।

पछिल्लो समय चाडपर्वहरूमा अत्यधिक मात्रामा मदिरा प्रयोग हुन थालेको छ । मुटु रोगी, उच्च रक्तचापका बिरामी र सुगर प्रेसरमा बिरामीहरूका लागि मदिरा अत्यधिक हानिकारक हुन्छ ।

त्यसैले चाडपर्व वा अन्य समयमा पनि बिरामी स्वयम् र परिवारका सदस्यले समेत खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । स्वस्थ मानिसले पनि कस्तो व्यक्तिले कुन र कति मात्रामा मदिरा वा अन्य खाद्यवस्तु सेवन गर्न उपयुक्त हुन्छ भन्ने बुझेर मात्र सेवन गर्दा राम्रो हुन्छ ।

दशैंका खानपानले स्वस्थ मानिसलाई पनि बिरामी बनाउन सक्छ । खानाको मात्रा नमिल्दा स्वस्थ मानिसलाई मुटु कमजोर हुने, मुटुको चालमा अनियमितता हुने, उच्च रक्तचाप, मस्तिष्काघात जस्ता समस्याहरू हुन सक्छ । त्यसैले खानपानमा विशेष ध्यान दिनु नै उत्तम हुन्छ ।

बढी मदिरा सेवन गरे के हुन्छ ?
मदिरा सेवन गर्नु आफैमा घातक कुरा हो । यसले कदापि, स्वास्थ्यलाई राम्रो गर्दैन । मदिरा बढी सेवन गर्ने व्यक्तिको कलेजोमा बोसो जम्मा भई कलेजो सुनिने, जन्डिस हुने जस्ता समस्या हुन्छ । मदिराको मात्रा बढ्दै गयो भने हृदयाघात, मस्तिष्काघात, जन्डिस र आमाशयमा समस्या आएर अल्सर, क्यान्सर भएका धेरै उदाहरण छन् । त्यसैले दशैं हो भन्दैमा अधिक मात्रामा मदिरा सेवान गर्नु घातक छ ।

२४ घण्टा भन्दा बढी फ्रिजमा राखेको कुरा नखाने
पछिल्लो समय धेरै खाद्य पदार्थ किन्ने र फ्रिजमा राखेर खाने चलन छ । विशेष गरेर चाडपर्वका बेला बढी फ्रिजका खानेकुरा खाएर ‘फुट पोइजन’ भई मृत्युसमेत भएका घटना छन् । फ्रिजमा राखेर झिक्दै तताउँदै फेरी राख्दै गर्दा ‘फुट पाइजन’ हुने खतरा भएकाले एकपटक मात्र फ्रिजमा राखेको खानेकुरा तताएर खानु उपयुक्त हुन्छ ।

२४ घण्टा भन्दा बढी फ्रिजमा राखेको खानेकुरा नखानु राम्रो हो । ‘आ दशैं त हो नि मज्जाले खाउँ’ भनेर बढी खाएर स्वास्थ्यलाई हानी पु¥याउने काम गर्नु भन्दा थोरै तर ताजा खानेकुरा खानु नै राम्रो हुन्छ ।

स्वास्थ्य रहन कस्तो खाने ?
हरेक खानामा प्रोटिनको मात्रा ३० प्रतिशत, कावोर्हाइडेटको मात्रा ४० प्रतिशत र चिल्लो पदार्थको मात्रा ३० प्रतिशत भन्दा कम हुनु राम्रो हो । दशैंको बेला यी तीनै कुराको मात्रा बढी भएको खाद्यपदार्थ खाने गर्दछौँ ।

सकेसम्म दुई दिनमा एकपटक मात्र मासु खाने, कम चिल्लो तथा मरमसला कम भएको खाना खाने, हरियो सागपात, रेसायुक्त पदार्थ, फलफूल, भिटामिन र बोसो रहित पदार्थहरू सेवन गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

चिल्लो, नुन र गुलियो बढी नभएको मदिरामुक्त खानेकुरा नै स्वास्थवद्र्धक हुन्छ । मकै–भटमास, सूर्यमुखी फूलको तेल, बदामको तेल आदीले शरीरको ‘नराम्रो कोल्ड स्टोर्स’ घटाइ ‘राम्रो कोल्ड स्टोर्स’ बढाउने काम गर्छ ।

मासुमा रहेको बोसो हटाउने, कुखुराको मासु छाला फालेर खाने, माछा, मासु स्टिम फ्राई, रोष्टिङ, ग्रिलिङ वा उसिनेर वा माइक्रो वेबमा राखी पकाएर खानु राम्रो हुन्छ । पोलेको मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

हरियो सागपात, सलाद, फाइवरयुक्त पदार्थहरू सँगै खाएमा फाइवरले आन्द्रामा चिल्लो पदार्थको शोषण कम गराउनका साथै रगतमा कोलस्टोरको मात्रा बढ्न दिँदैन् ।

शरीर सबैभन्दा ठूलो हो
दशैँको बेला किनमेल गर्ने, धेरै मात्रामा खानेकुरा खाने र रमाइलो गर्ने चलन छ । तर, रमाइलो गर्ने बहानामा स्वास्थ्यलाई ख्याल गर्न नै बिर्सन्छौँ । ‘मेरो स्वास्थ्य अवस्था कस्तो छ’ भनेर चिन्ता लिही कहिले पनि अस्पताल जान्दैनौँ ।

चाडपर्वहरू मनाउनुपर्छ, रमाइलो गर्नुपर्छ । सँगै, आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत हुनुपर्छ । स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो, धर्म हो, सबै कुरा हो । त्यसैले सचेत भई खानपानमा ध्यान दिएर दशैं मनाउनु नै उपयुक्त हुन्छ ।

(वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीसँग दृष्टिन्यूजले गरेको कुराकानीमा आधारित ।)

प्रतिक्रिया दिनुहोस्