रौतहट । नेपाल सुन चाँदी रत्नआभुषण व्यवसायी संघ रौतहटले संघका सचिव चन्दन सागरमाथि कुटपिट गर्नेलाई छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
सचिव सागर मङ्गलवार गरुडा बजारबाट घर समनपुर फर्किने क्रममा अज्ञात समूहद्वारा आक्रमण भएका थियो । संघका जिल्ला अध्यक्ष उमेश प्रसाद साहले उक्त घटनाको भर्त्सना गर्दै कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरेका हुन् ।
उनले व्यापारीहरूको ज्यान धनको सुरक्षा व्यवस्था मिलाउन समेत माग गरेका छन् । अध्यक्ष साहले अचेत अवस्थामा रहेका सचिव सागरको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।