काठमाडौं, ९ जेठ ।
संविधान संशोधनको प्रस्ताव ल्याउन मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्ने सम्भावना छ ।
सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ। उक्त नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने हुन्छ।
संविधानको अनुसूचीमा रहेको सोही निशान छापभित्रको नेपालको नक्सा परिवर्तन गर्न सरकारले प्रतिनिधि सभामा संविधान संशोधनको प्रस्ताव लैजान लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदमा बोल्दै सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको जानकारी दिएका थिए।