Logo
Logo

प्रधानमन्त्रीले लगाए राष्ट्रपतिको हातबाट दशैंको टीका


315
Shares

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा टीका अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने कार्यक्रम सुरू भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन् । साथै सरकारका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपतिबाट टीका लगाएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइ दिएका हुन् ।

यसपछि भने ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने कार्यक्रम सुरू भएको छ ।

राष्ट्रपति पौडेल आफूले भने ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट शुभ साइतमा टीका र जमरा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्