Logo
Logo

पाकिस्तानमा जनजातिहरूबीच झडप, ११ जनाको मृत्यु


एजेन्सी

504
Shares

खैबर पख्तुनख्वा । पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् ।

गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा कम्तीमा सात जनाको मृत्यु भएको थियो । हाल, अधिकारीहरूले खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रमा भएको घटनाको लागि दुई पक्षहरू बीच युद्धविरामको लागि मध्यस्थता गर्न काम गरिरहेका छन् ।

खैबर–पख्तुनख्वाको कुर्रम क्षेत्रमा सुरक्षा बलले सात आतङ्ककारीहरूलाई गोली हानेर मारेका थिए । मारिएका आतङ्ककारीहरू सुरक्षाकर्मी र निर्दोष नागरिकहरूमाथि आक्रमणमा सक्रिय रूपमा संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्