Logo
Logo

बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम १५ भन्दा मुनि झर्‍यो


252
Shares

काठमाडौँ । देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ ।

काठमाडौँ उपत्यकाको कुरा गर्नुपर्दा आज (आइतबार) न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, हिजो शनिबार १६.५ डिग्री सेल्सियस थियो ।

यस्तै शनिबार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज २८ डिग्री सेल्सियसमा झरेको छ । समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ।

नेपालबाट मनसुन हिजो असोज २६ गते (अक्टोबर १२ तारिख) पूर्ण रूपमा बाहिरिएको हो । मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन् ।

यो सिजन नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने मौसमविद् बताउँछन्। यसैले अब मौसम बिस्तारै चिसोतर्फ ढल्किएको हो।

प्रतिक्रिया दिनुहोस्