Logo
Logo

इजरायली सैन्य बेसमा ड्रोन आक्रमण, चार सैनिक मारिए


567
Shares

काठमाडौं । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनास्थित एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार आइतबार राति गरेको हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको जनाएको छ । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रमण तीव्र बनाइरहेको बेला यो हमला भएको हो ।

उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल (आइडीएफ)ले जनाएको छ ।

हिजबुल्लाहको मिडिया युनिटले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेकोमा त्यसको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्