Logo
Logo

मनकामना केवलकार तीनदिन बन्द हुने


315
Shares

काठमाडौं । मनकामना केबलकार २९ असोज (भोलिदेखि) तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।

दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । दशैंको टीका लगाउन गएकाहरुलाई आउजाउ गर्न सहज होस् भनेर सोमबार एक दिन खुला गरिएको भएपनि भोलिदेखि तीनदिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन् । ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ । मनकामना केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिकहरु झिकाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्