Logo
Logo

कीर्तिमानी आरोहीलाई भव्य स्वागत


378
Shares

काठमाडौं । चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङमा हिमाल आरोहण गरि कीर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका आरोहीहरूलाई सोमबार पञ्चेबाजासहित अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

नेपाली महिलातर्फ पहिलोपटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम शेर्पा, ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गर्न सफल निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पालगायत ९ जना आरोहीलाई नेपाल पर्वतारोहण संघलगायत आफन्त र समर्थकले सम्मानका साथ स्वागत हो ।

प्रतिक्रिया दिनुहोस्