Logo
Logo

बर्दियामा १६ वर्षीया किशोरीको करणी, एक युवक पक्राउ


441
Shares

बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारू आइतबार साँझ पक्राउ परेका हुन् ।

थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धधबारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्