Logo
Logo

श्रीमतीको हत्या गरेर फरार भएका बीरबहादुर चौहान पक्राउ


378
Shares

झापा । झापाको अनर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार एक व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् ।

झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका बेला पक्राउ गरेको हो ।

चौहानले श्रीमती ३७ बर्षीया मुना चौहानलाई सोही ठाउँका भरत कुमालको आँगनमा दिउँसो करीब ३ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

घटना पश्चात फरार भएका उनी स्थानीय जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्