Logo
Logo

पुबुदु ‘जनकपुर बोल्ट्स’को मुख्य प्रशिक्षक नियुक्त


315
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टीम ‘जनकपुर बोल्ट्स’को मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले मंगलबार सामाजिक संजालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

जनकपुरका मुख्य प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षकसमेत हुन् । उनले दुईपटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । एनपिएलमा ८ फेन्चाइज टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्