Logo
Logo

आजदेखि खुले सरकारी कार्यालय


945
Shares

काठमाडौं । दशैँ विदापछि आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय खुलेका हुन् ।

सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि सोमबारबाट दसैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेका छन् । दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणसमेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको छ ।

यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आश्विन शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्