Logo
Logo

भदौमा एक खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो


126
Shares

काठमाडौं । भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांक अनुसार, साउन र भदौमा गरी दुई महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ नेपाल भित्रिएको थियो ।

अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिको तुलनामा यो १८.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

दुई महिनाको अवधिमा एक अर्ब ९६ करोड अमेरिकी डलर नेपाल भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्