Logo
Logo

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई पक्राउ गरेर छाडियो


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । उनी केहीबेरमै छुटि पनि सकेका छन् ।

निर्मला कुर्मी प्रकरणमा लुम्बिनीका मन्त्री बादशाह कुर्मीमाथि कारबाही हुनुपर्ने मागसहित बालुवाटारमा रुवि खानलगायतको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा प्रहरीले शिवाकोटीलाई पनि पक्राउ गरेको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्‍याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले बताए । शिवाकोटीले पनि प्रहरीले आफूलाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ वृत लगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्