Logo
Logo

सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारवाही प्रक्रिया सुरू भइसक्यो : सञ्चारमन्त्री


252
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

बुधबार सिंहदरबारमा रेडियो नेपालको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै मन्त्री गुरुङले प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारवाही गर्न सम्बन्धीत मन्त्रालयलाई लेखिपठाइसकेको बताएका हुन् ।

उनले वर्तमान सरकारले सहकारी पीडित जनतालाई न्याय दिएरै छाड्ने प्रतिवद्धता जनाए । त्यस्तै मन्त्री गुरुङले उखु किसान र दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पनि सरकारले आवश्यक सहजीकरण गरेको जिकिर गरे ।

जनताको समस्याप्रति संवेदनशील बन्नका लागि वर्तमान सरकार बनेको उनको भनाइ छ । उनले सरकारको स्थीरताका लागि ठूला दुई दल मिल्नुपरेको धारणा राखे ।

उनले वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको दावी गरे । यसअघिको सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम अहिलको सरकारले क्रमश भुक्तानी गर्दै जाने उनले बताए।

प्रतिक्रिया दिनुहोस्