Logo
Logo

महिला साफमा उपाधि जित्ने नेपालको लक्ष्य


0
Shares

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि हासिल गर्ने लक्ष्यका साथ तयारी गरेको जनाएको छ ।

च्याम्पियनसिपको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्सका क्रममा नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपको तयारी निकै राम्रो भएको र उपाधि हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने बताए ।

उनले महिला टिमले यसअघि गरेको कमजोरीलाई सुधार गर्दै तयारी गरेको जिकिर गरे । च्याम्पियनसिपको तयारीका लागि कम समय भए पनि खेलका लागि नेपालको टिम पूर्णरूपमा तयारी अवस्थामा रहेको उनको भनाइ छ । त्यस्तै नेपाली टोलीका कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले टिमले कडा मेहनत गरेको र च्याम्पियनसिपको उपाधि रक्षा गर्नेगरी खेल्ने बताइन् ।

त्यस्तै अन्य देशका कप्तान र प्रशिक्षकहरूले पनि च्याम्पियनसिपको तयारी राम्रो भएको र नजिता आफ्नो पक्षमा आउनेगरी खेल्ने बताएका थिए । कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ टिमले सहभागिता जनाउँदैछन् ।

च्याम्पियनसिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । प्रतियोगिताको उद्‍घाटटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्