Logo
Logo

होटेलको तेस्रो तलाबाट खसेर पप गायक पेनको मृत्यु


504
Shares

एजेन्सी । पप ब्यान्ड वन डाइरेक्सनका चर्चित गायक लियाम पेनको निधन भएको छ । अर्जेन्टिनाको ब्युनस आयर्सस्थित कासा सुर होटेलको तेस्रो तल्लाबाट खसेर पेनको मृत्यु भएको हो ।

३१ वर्षीय उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुग्दा पेनको मृत्यु भइसकेको ब्युनस प्रहरीले जनाएको छ ।

पेनले ड्रग्स र अल्कोहल सेवन गरेका कारण घटना घटेको हुनसक्ने आशंका गरिएकाे छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्