Logo
Logo

जनकपुर बोल्ट्सको क्रिकेट डिरेक्टरमा चालिसे र प्रशिक्षकमा कटुवाल नियुक्त


567
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सको डिरेक्टर अफ क्रिकेटमा बरदान चालिसे र प्रशिक्षकमा मनोज कटुवाल नियुक्त भएका छन् ।

जनकपुर बोल्ट्सले बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वक्रिकेटर समेत रहेका चालिसेलाई डिरेक्टर अफ क्रिकेट र कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो ।

जनकपुर बोल्ट्सले यसअघि नै नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक समेत रहेका क्यानडाका पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । नेपाली क्रिकेटसँग निकै परिचित दासानायके दुई कार्यकालमा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक भइसकेका छन् ।

त्यसबाहेक पुबुदु दासानायके अमेरिका र क्यानडाको पनि मुख्य प्रशिक्षक भइसकेका छन् । जनकुपर बोल्ट्सको मार्की खेलाडीमा आसिफ शेख रहेका छन् ।

बरदान चालिसे र मनोज कटुवालको आगमनले जनकपुर बोल्ट्सको प्रशिक्षण र व्यवस्थापन टोली अझ मजबुत बनेको टिमको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्