Logo
Logo

कात्तिकमा पनि घट्यो ब्याजदर, कुन बैंकको कति ?


2.1k
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कात्तिकका लागि पनि ब्याजदर घटाएका छन् । निक्षेप बढिरहे पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर कात्तिका लागि पनि घटाएका हुन् । बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर पनि स्वतः घटेको छ ।

वाणिज्य बैंकहरूले बुधबार प्रकाशन गरेको ब्याजदर सूचीअनुसार असोजको तुलनामा कात्तिकमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२४५ प्रतिशत बिन्दुले घटेको छ । असोजमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.३९६ प्रतिशत थियो । कात्तिकका लागि यो ब्याजदर घटेर औसत ६.१५१ प्रतिशतमा कायम भएको छ ।

२० वटा वाणिज्य बैंकमध्ये ११ वटाले असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । ८ वटाले स्थिर नै राखेका छन् भने एउटा बैंकले सामान्य बढाएको छ । तर पनि औसतमा असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर घटेको हो ।

बैंकअसोजको ब्याजदरकात्तिकको ब्याजदर
कृषि विकास६.०७५.७५
राष्ट्रिय वाणिज्य६.००५.८०
नेपाल एसबीआई६.००६.००
लक्ष्मी सनराइज६.५०६.००
ग्लोबल आईएमई६.२५६.२५
कुमारी६.०१६.०१
प्राइम६.२५६.००
नेपाल५.९५५.९५
सानिमा५.९०६.१५
सिटिजन्स६.४०.७५
नबिल६.७५६.२५
इन्भेस्टेमेन्ट मेगा६.५०६.५०
सिद्धार्थ६.५०६.००
स्टान्डर्ड चार्टर्ड७.००६.५०
माछापुच्छ्रे७.००७.००
प्रभु६.१०६.१०
एनएमबी६.५०६.५०
एनआईसी एसिया७.१८६.९९
हिमालयन७.००६.२५
एभरेष्ट६.००६.००

प्रतिक्रिया दिनुहोस्