Logo
Logo

इञ्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण


1.6k
Shares

काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बुद्धको नाइनएनएजेएस जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको हो ।

दायाँ इञ्जिनमा समस्या देखिएपछि अवतरण गरिएको र सबै स्थिति सामान्य रहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार उक्त जहाजलाई हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्