Logo
Logo

एनपीएल खेल्न पोखराले भित्र्यायो अमेरिकी खेलाडी


252
Shares

काठमाडौं । पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।

आगामी मङ्सिर १५ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको हो । पोखरामा अनुबन्ध भएसँगै उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी समेत बनेका छन् । उनी दाहिने हाते ब्याट्सम्यान हुन् ।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन्। अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए । पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्