Logo
Logo

बिपी राजमार्गमा कष्टकर यात्रा


252
Shares

काठमाडौं । दशैं सकिएर उपत्यका फकर्ने यात्रुहरुको संख्या बढेसंगै बिपी राजमार्गमा सवारी चाप बढेको छ । बाढीपहिरोका कारण ठाँउ क्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको हो ।

बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सूचारु गराइएको छ । तर डाइभर्सन गरि बनाइएको सडकको अवस्था राम्रो नभएको र केहि स्थानमा एकतर्फी भएका कारण सवारी साधान लामो जाममा पर्ने गरेका छन् ।

दशैंको अगाडी सडक बगाएपछि सडक डिभिजनले यात्रुहरुको सहजताका लागि छिटो छिटो डाइभर्सन निर्माण गरेको थियो ।
बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । केहि दिनमा सवारी चाप क्रमश घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनको भनाइ छ । ढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्