Logo
Logo

रामेछाप-सिन्धुली जोड्ने खुर्कोटमा पुल, शनिबारबाट यातायात सञ्चालन हुने


882
Shares

काठमाडौं । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

बाढीले पुलको आधा भाग बगाएपछि नेपाली सेनाले तत्काल मोडुलर प्यानल ब्रिज राखेर बुधबार साँझ दुई जिल्ला रामेछाप र सिन्धुलीलाई जोडेको हो ।

नेपाली सेना चौध बाहिनी अड्डा गौचर का कर्नेल नारायण तुम्बाहाम्फेले प्यानल ब्रिज राखेर दुई जिल्ला जोड्ने पुल निर्माण सम्पन्न भएको जानकारी दिए ।

रामेछापको लाइफलाइनका रुपमा रहेको ३६० फिट लम्बाइ भएको उक्त पुलको आधा भाग १८० मिटर बाढीले बगाएको थियो । सेनाले असोज २२ गतेबाट निर्माण थालेको उक्त पुल नौ दिनमा दिन दुई जिल्ला जोड्न सफल भएको हो ।

पुल निर्माण सकिएसँगै शनिबारबाट यातायात सञ्चालन गरिने सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईंले जानकारी दिए ।

असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले बनेपा–बर्दीबास बिपी राजमार्ग र रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुलमा समेत क्षति पु¥याएपछि रामेछाप, सिन्धुली, दोलखा, ओखलढुंगा, सोलुखुम्बुु, खोटाङ, भोजपुर, उदयपुर, काभ्रे र सिन्धुुपाल्चोकलगायतका जिल्लाका नागरिकलाई आवतजावतमा समस्या उत्पन्न भएको छ ।

खुर्कोटको पुल सुनकोशी नदीमा आएको बाढीले बगाएपछि अहिले वैकल्पिक रुट दोलखाको मुँडे हुँदै मन्थलीसम्म १० देखी ११ घण्टाको समय लगाएर सवारी साधनहरु आवतजावत गरिरेहेका छन ।

प्रतिक्रिया दिनुहोस्