Logo
Logo

पहिलो खेलमा नेपालसँग १७ रनले हार्यो अमेरिका


756
Shares

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान सम्पन्न खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै अलआउट भयो । अमेरिकाका शायन जहानगिरले अर्धसतक प्रहार गरेपनि टिमलाई जिताउन सकेनन् । उनले नटआउट ६० रन बनाउँदा ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

अमेरिकाका कप्तान तथा ओपनर मोनाक पटेल तेस्रो ओभरको पहिलो बलमा ३ रनमा आउट भएका थिए । उनलाई रिजन ढकालले बोल्ड गरे । अघिल्लो ओभरमा अर्का ओपनर मुक्कामाला २ रनमा करण केसीको बलमा रोहित पौडेलबाट क्याच हुँदा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो ।

त्यसपछि आन्द्रेस गसले २५ बलमा ३० रन जोडे । आरोन जोन्स ३ रन र मिलिन्ड कुमार २२ रनमा आउट भए भने हर्मित सिंह शून्यमा एलबिडब्लूको धरापमा परे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १६ ओभरको पहिलो र दोस्रो बलमा मिलिन्ड र हर्मितलाई आउट गरेका थिए । जससँगै खेलमा नेपाल हाबी भएको थियो ।

१९औं ओभरमा सोमपाल कामीले १८ रन खर्चिदा अमेरिकालाई अन्तिम ओभरमा ३१ रन चाहिएको थियो। जसमा दीपेन्द्रले १३ रन खर्चिए।

बलिङमा दीपेन्द्रले ३ ओभरमा २७ रन खर्चिदा ३ विकेट लिए। रिजन ढकाल, करण केसी र गुलसन झाले १–१ विकेट लिए।

त्यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।

नेपालका लागि रोहित पौडेलले ४९ रन जोडे । इनिङ्ग्सको अन्तिम बलमा रन आउट हुनुअघि रोहितले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यसअघि ओपनरद्वय अनिल साह र आसिफ शेख २७–२७ रन जोडेर आउट भएका थिए। कुशल भुर्तेलले १० रन मात्र जोड्न सक्दा गुलसन झा ११ रनमा आउट भए ।

दिपेन्द्र सिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे। करण केसी र आरिफ शेख शून्यमा आउट भए भने सोमपाल कामीले दुई रन मात्र जोडे ।

नेपालले अन्तिम दुई ओभरको अन्तिम आठ बलमा पाँच विकेट गुमाएको थियो । जसका कारण नेपालले अन्तिम दुई ओभरमा १४ रनमात्र जोड्न सक्यो । यता बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्कर, जसदीप सिंह र हर्मित सिंहले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्