Logo
Logo

छलफलमा जुटे विपक्षी दल


567
Shares

काठमाडौं । विपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रतिपक्षी दलका शीर्ष नेताहरु संसद भवनमा छलफलमा जुटेका हुन् ।

बैठकमा बाढीपहिरोपछिको अवस्था, पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको बताइएको छ । बाढीपहिरो पीडितलाई राहत पुनस्र्थापनाको लागि सरकारले तदारुकता नदेखाएको आरोप विपक्षी दलहरुले लगाउँदै आएका छन्।

संसद् भवनको लोस्से हलमा भएको छलफलमा प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत, रास्वपा सभापति रवि लामिछानेसहित एक दर्जन नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्