Logo
Logo

आज र भोलि बालबालिकालाई जुकाको औषधि खुवाइँदै


315
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तरर्गत बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।

यस्तै, १५ महिनासम्म लगाउनुपर्ने कुनैपनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्