Logo
Logo

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन २ हजार बढ्यो


1.2k
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । छापावाला सुन एकैदिन प्रतितोला २ हजारले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो ।

बिहीबार सुनको मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य हालसम्मकै सबैभन्दा धेरै हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेर एक हजार ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार यसको मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्