Logo
Logo

रविविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन : अदालत


945
Shares

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिविरुद्ध अहिलेसम्म पक्राउ पुर्जी जारी भइनसकेको जनाएको छ ।

लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्यापक रुपमा चलेपनि आजमात्रै अदालत खुलेको र हालसम्म पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा लामिछाने जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका उनका तत्कालीन साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।

यस्तै लामिछानेविरुद्ध प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले छुट्टै अनुसन्धान समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्