Logo
Logo

विपक्षी दलले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने


252
Shares

काठमाडौं । विपक्षी दलहरूको बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले जानकारी दिएका छन् । शुक्रबार बसेको विपक्षी दलहको बैठकले सो निर्णय गरेको हो ।

माओवादी अध्यक्ष प्रचण्डले बोलाएको बैठकले बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष निकालेको छ । सरकारले पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको बस्नेतको भनाइ छ ।

उनले भने, ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो ।’

प्रतिक्रिया दिनुहोस्