Logo
Logo

रवि लामिछानेलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने विपक्षी दलको निर्णय


819
Shares

काठमाडौं । विपक्षी दलहरुले सरकारले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने भएका छन् ।

आज बिहान बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरुको बैठकले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको हो ।

सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष बैठकले निकालेको बैठकमा सहभागी नेता शक्ति बस्नेत बताए । सरकारको क्रियाकलाप सही नभएको भन्दै उनले यस्तै गरिरहे विपक्षी दलहरु चुप लागेर नबस्ने बताए ।

‘पार्टी फुटाउने र पक्राउ (रवि लामिछानेलाई) गर्ने तयारी भएको बुझिन्छ । कसैको पार्टी फुटाउने कसैलाई समात्ने कामतिर सरकार अगाडि बढेको छ, त्यसविरुद्ध एकजुट हुनु जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्