Logo
Logo

मोरङका एसपी कार्कीको जिम्मेवारी खोसियो


1.8k
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीको जिम्मेवारी खोसिएको छ ।

आर्थिक अनियमिततामा मुछिएको पाइएपछि उनको जिम्मेवारी खोसेर प्रहरी हेडक्वार्टर तानिएको हो । कार्कीको ठाउँमा अपराध अनुसन्धान कार्यालयका अर्का एसपी राजन लिम्बूलाई पठाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले एसपी नवराज कार्कीलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए । उद्यपी उनले सरुवाको कारण भने आफुलाई जानकारी नभएको बताए ।

प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्