Logo
Logo

जित्नकै लागि सभापतिमा उठ्ने हो, तपाईंहरू आ-आफ्नो कार्यक्षेत्रमा खटिनुस् : शेखर कोइराला


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १५औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कनफ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

विराटनगरस्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरूसँग भेटघाट गर्ने क्रममा कोइरालाले भने, ‘जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसको लागि तपाईंहरू आआफ्नो कार्यक्षेत्रमा खटिनुस् ।’

कोइरालाले जतिसुकै कोसिस गरेपनि पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको समेत बताए ।  कोइरालाले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

कोइरालाले २०८२ मंसिर भित्रै १५औँ महाधिवेशन हुनुपर्ने बताए । समयमै महाधिवेशन हुन नसके सिङ्गो कांग्रेस पार्टी नै धराशायी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्