Logo
Logo

छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न आदेश


693
Shares

काठमाडौँ । कास्की जिल्ला अदालतले सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न आदेश दिएको छ ।

शुक्रबार अदालतले जोशीलाई असोज १७ गतेदेखि लागू हुने गरी उनलाई २० दिन म्याद थप गरेको हो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन ।

असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्